वि.सं.२०७८ साल माघ ०६ गते । बिहीबार । तपाईंको आजको राशिफल
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:-
अध्ययन अध्यापनमा रुची बढ्नेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । शेयरबजारमा गरिएको लगानी फस्टाएर जानेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:-
आफुले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेकोछ । घर जग्गा तथा माटोसँग सम्बन्धीत कामबाट कही मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाडिएर टाडाको यात्रा हुदा मन खिन्न हुनेछ । मायाप्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न । तरपनि आर्थिक क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:-
गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गरे पनि नाँफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । तरपनि पुँजी बजारमा गरिएको लगानी फस्टाएर जानेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:-
विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । गित संगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:-
समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यावसायमा लगानी गरेपनी आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा अबिश्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुदा मन खिन्न हुनेछ । तरपनि बैक तथा बित्तिय क्षेत्र र शेयर बजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:-
बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अली बढी समय खर्चिनु पर्नेछ । राम्रो संगत तथा अग्रज सल्लाहले कामहहरु समयमा अगाडी बढ्नेछन् । समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ । प्रसस्त तयारी गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:-
बिशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरी आम्दानिका स्रोत बढाउन सकिनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:-
प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा विवाद हुने योग रहेको छ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावी हुनेछन् । व्यापारमा मन्दी आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । तरपनि आर्थिक क्षेत्र फराकिलो हुनाले मन प्रशन्न रहनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:-
नसोचेको उपलब्धी हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:-
स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:-
अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:-
मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि आर्थिक क्षेत्र फराकिलो बनाउने काम गर्न सकिनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











