पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण

१९ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४३६ जना निको भएका छन् ।

हाल देशभर ६ हजार ५०७ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]