Ad #144479

कागेश्वरी खबर

२ कार्तिक, काठमाण्डौ। आफ्नो छोरा विगत २ दुई महिना देखि अज्ञात हुदाँ आमाको मन कस्तो होला, त्यो त तपाईं हामी सबैलाई नै थाहा छ । छोरा हराएको दिन देखि निर्मला राईको न भोक छ, न निद्रा छ न त आखाँ नै ओभानो भएको छ ।

छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन सके उनीहरुको भविष्य उज्ज्वल हुने आशामा विगत ७ वर्ष देखि दुबईमा वैदेशिक रोजगारको लागि गएको थिइन् । नेपाल जस्तो कहाँ हो र, भनेको बेला बिदा नमिल्ने तर छुट्टि नपाईने कारणले उनले नेपाल पनि नटेकेको ४ वर्ष पुगिसकेको थियो । यत्तिकैमा निर्मलालाई छोरा हराएको सुचना आयो। नेपाल आए छिट्टै छोरा भेट्ने आशामा उनी हतार हतार नेपाल आइन् पनि तर उनको त्यो आशा अझै पुरा भएको छैन् ।

एस.ई.ई.पास गरेपछि सानीआमा अप्सरा राईसँग बस्न थालेको १०–११ दिन पछि नै उनको १६ वर्षिय छोरा करुण राई हराएका छन् । तनहुँ भानु–६ स्थायी घर भएका राई ललितपुर स्थित सानो गाउँमा बस्दै आएका थिए। भदौ ९ गते बेलुका ५ बजेतिर फुटबल खेल्न जान्छु भनेर हिँडेका उनी त्यसदिनबाट घर फर्केनन् ।

पारिवारिक स्थिति कमजोर भएको कारण छोराछोरीको भबिष्य हेरेर नै उनी वैदेशिक रोजगारीको शिलशिलामा दुबई गएकी थिइन् । किरणका बुबा लागुपदार्थ दुर्ब्यसनी भएको कारणले गर्दा उनले छोराछोरी लाई होस्टेलमा राखेर पढाउँदै आएकी थिइन्।

उनि भन्छिन्, ‘मैले गिट्टी बालुवा गरेर अर्काको जुठो भाँडा माझेर हुर्काएको छोरा आज कहाँ छ थाहा छैन । आफ्नै खुशिले हिंडेको होकि अपहरणमा पो परेको हो केही थाहा छैन । छोरा तिमि कहाँ छौ ? कुन अवस्थामा छौ ? तिमी बिना म बाँच्नु सक्दिन जहाँ भए पनि छिटै घर आउ । ’’

उनि थप्छिन्, मेरो सहारा भनेको तिमी नै त हौ नि छोरा तिमिले मलाई नेपाल आउनु केही गर्नु पर्छ भन्थ्यौ । अहिले तिमी कहाँ , कुन अवस्था छौ थाहा नहुँदा दिन रात रुँदै चौकी धाउँदै छु । मेरो रहरले होईन बाध्यताले सानासाना छोराछोरी लाई छोडेर बिदेश गएको हो । अहिले म ३ महिनाको छुट्टी मिलाएर आएको छु । लगभग १ महिना हुनु लाग्यो आएको अब २ महिना मात्रै बाँकी छ ।

‘जहाँ भए पनि मेरो सम्पर्कमा आउ । तिम्रो नागरिकता बनाउनु छ । मैले तिम्रो लागि मोबाईल पनि ल्याएको छु । अनि सानो घर बनाउनु छ । तिम्रो सपनाहरू पूरा गर्नु छ । छोरा छिट्टै भेट्न आउ है ।’ उनि रुँदै भन्छिन् ।

उनले सबैलाई करुण राईलाई देख्नु हुनेले ९८४१६३२५२८ /९८१८३२३५०० /९८०८९५५१८५ (मोबाइल नम्बर) अथवा नजिकैको प्रहरी चौकिमा खबर गरिदिन पनि अनुरोध गरेकी छिन् ।