सरकारले चीनबाट कोभिडविरुद्धको ३० लाख डोज खोप खरिद गर्ने भएको छ । उक्त खोपको पहिलो लट आउँदो शुक्रबार नेपाल भित्रिने छ ।
सरकारले भारतबाट अग्रिम भुक्तानीसहित खरिद गरेको १० लाख डोज खोप समयमा नआएपछि सरकारले अर्को विकल्पको रूपमा उत्तरी छिमेकी चीनबाट खोप खरिद गरेको हो । सरकारले उक्त खोप कतिमा खरिद गरेको बाहिर ल्याएको छैन ।
नेपाल वायुसेवा निगमले चीनबाट खोप ल्याउनका लागि नै उडान तालिका सार्वजनिक गर्न लागेको हो । भारतसँग पनि सरकारले लगातार अग्रिम भुक्तानी गरेको १० लाख डोज खोपको ताकेता गरिरहेको छ ।
‘पहिलो चरणअन्तर्गत १० लाख डोज खोप लिन निगमको जहाज आउँदो बिहीबार बेलुका ११ बजे गएर शुक्रबार आइपुग्छ’ भने, ‘चीनबाट कूल ३० लाख डोज खोप ल्याइनेछ ।
यस अघि चीन सरकारले अनुदान स्वरूप १८ लाख डोज खोप दिइसकेको छ । पहिलो लट (८ लाख) गत चैत र दोस्रो लट (१० लाख) जेठमा ल्याइएको थियो ।











