कोरोना संक्रमणका कारण बन्द गरिएको नेपालको आन्तरिक हवाई उडान आजबाट सञ्चालनमा

कोरोना संक्रमणका कारण बन्द गरिएको नेपालको आन्तरिक हवाई उडान बिहीबारबाट सञ्चालन भएको छ ।

नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको हो ।

यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरको व्यवस्था गरिएको छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।

विमानस्थलकाअनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइएको छ । आन्तरिक उडान सुरु भएसंगै आन्तरिक टर्मिनलमा यात्रुहरुको भीड बढेको छ ।

प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पुर्‍याउन वा टिकट रद्ध गर्न सहजीकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ ।

[sidebar name="button post"]