स्वादिलाे र स्वस्थबर्धक हुने भएकाले पनि १५ असारमा विशेष खाजाकाे रूपमा दहि चिउरा खाने चलन बसेकाे मानिन्छ । दहि चिउराकाे खाजाले राेपाइ गर्दाकाे थकान मेटाउने र शरिरमा उर्जा भर्ने विश्वास रहि आएकाे छ ।
असारकाे मध्यमा याे पर्व पर्ने भएकाले खेतमा काम गर्न्र लाठे, राेपारहरूले खाजाकाे रूपमा दहि, चिउरा, केरा खाने गर्छन् । गर्मीमा दहिले शित्तलता पनि प्रदान गर्ने गर्छ ।
आफ्नाे खेतिपाती नभएका मानिसहरू समेत १५ असारकाे दिनमा मात्रै भएपनि अरूकै खेतमा गएर खेतकाे काम गर्ने, हिलाे खेल्ने र दहि चिउरा खाँदै रमाइलाे गर्ने गर्छन् ।
तन्नेरी लाठे र राेपारबीचमा हिलाे छ्यापाछ्याप गर्ने र असारे भाकाकाे गीत गाउने चलन पनि छ । असार १५ मा दहि चिउरा खाएर खेतमा काम गर्ने पुरानाे परम्परालाई सम्झँदै आजभाेली नेपालका गाउँमा मात्रै हाेइन शहरबजारमा समेत आजकाे दिनलाई दहि चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका र विदेशमा भएका नेपालीले पनि आज दहि चिउरा खाई असार १५ मनाउँछन् ।
दहिलाई हाम्राे सँस्कृतिमा शुभ मानिन्छ, त्यसैले कुनै शुभकार्य गर्नुअघि सगुनका रुपमा पनि दहि खाने खुवाउने गरिन्छ ।
दहि वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यबर्धक मानिन्छ । दहीले हाम्राे शरीरकाे पाचन शक्ति पनि बढाउँछ ।
यतिमात्रै नभएर दहीको महत्व धेरै छ । कुनै पनि शुभकाम वा यात्रा अघि दही सगुनको रुपमा खुवाउने प्रचलन छ, यसले सो काममा सफलता दिलाउने र शुभ हुने मान्यता रहिआएको छ ।
यतिमात्रै नभएर दही स्वास्थ्यका लागि पनि बहुउपयोगी छ । यसमा केही यस्ता रासायनिक पदार्थ हुन्छन्, जसका कारण दूधको तुलनामा दही छिट्टै पच्छ पनि । जसलाई पेटका कैयन समस्यालाई दूर गर्छ । विशेषगरी पाचन शक्ति बढाउँछ ।
खाना राम्ररी पच्न थालेपछि भोक पनि समयमै लाग्छ । यसमा प्रोटीन, क्याल्सियम, राइबोफ्लेविन, भिटामिन बी जस्ता पोशकतत्व पाइन्छ । दाँत र हड्डी मजवुद् बनाउने क्याल्सियमको मात्रा दहीमा दूधको तुलनामा १८ गुणा बढि हुन्छ ।









