सहकुल थापा नेपाल प्रहरीको एआईजीका लागि सिफारिस

काठमाडौं- नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक-एआईजीमा सहकुल थापा सिफारिस भएका छन्। बढुवा समितीको सोमबार बसेको बैठकले थापालाई सिफारिस गरेको हो।

हालका बहालवाला डीआईजीमध्ये वरियतामा थापा पहिलो नम्बरमा थिए। हाल रहेका चार जना एआईजीमध्ये तीन जना वर्तमान आईजिपी शैलेश थापाका ब्याजी हुन्। उनीसँगै ती तीनै जना एआईजीले अवकाश पाउने छन्।

अर्का एआईजी विश्वराज पोखरेल आगामी आईजिपीको लाइनमा रहेकामा एआईजी दरबन्दी थपिएसँगै थापाको पनि सम्भावना देखिएको छ।

प्रहरी नियमावलीमा बहालवाल एआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ। वर्तमान आईजिपी थापाले आगामी बैशाखमा अवकाश पाउँदैछन्।

यसअघि सरकारले एउटा एआईजी दरबन्दी थप गर्ने निर्णय गरेको हो।

[sidebar name="button post"]