१८ जेष्ठ, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ६८९८ जना निको भएका छन् भने यससंगै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।
[sidebar name="button post"]











