काठमाडौंमा आज साँझ ७:५३ देखि ८:३४ सम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्दैछ।
बुधबारको चन्द्रमा पूर्णिमामा अरूबेला देखिनेभन्दा चम्किलो र अझ रातो देखिने हुँदा सुपर ब्लड मुन भनिएको हो। ‘काठमाडौंबाट सुपर मुन देखिएला तर ब्लड मुन देखिन्न। आज चन्द्रमा अरूको तुलनामा आकर्षक देखिन्छ।
नेपालबाट सुपर ब्लड मुन देखिदैन द गार्डियनका अनुसार उत्तर अमेरिका, दक्षिण अमेरिका र पूर्वी एसियामा सुपर ब्लड मुन देखिनेछ।
एकैसाथ पूर्णिमा, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र खग्रास चन्द्रग्रहण हुने हुँदा चन्द्रमा रातो हुने अध्यक्ष भट्टराईले बताए।
आज चन्द्रमा पृथ्वीभन्दा करिब ३ लाख ५७ हजार ३११ किलोमिटर टाढा हुनेछ। सुपर मुन हुँदा माइक्रो मुनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी उज्यालो देखिन्छ।
नेपालमा पेनम्ब्रल चन्द्र ग्रहण करिब ४१ मिनेटको हुनेछ। यो ग्रहण नांगो आँखाले नदेखिने हुँदा यसलाई प्राथमिकता दिइएको छैन।











