१ जेष्ठ, काठमाण्डौ। देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बदली हुने देखिएको हो ।
पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना मौसमविदले बताएका छन् ।
[sidebar name="button post"]











