संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ।
नेपाल–भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो।
गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटल, एयरपोर्टस्थित एयरपोर्ट होटल, गौशालाको अमादब्लम होटल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिसोर्ट र ए–वान रिसोर्ट छन्।
सूचीकृत होटलले यात्रुलाई विमानस्थलदेखि होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ।












