Ad #144479

२२ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् भने १९९३ जना निको भएर डिस्चार्ज भएका छन् ।