Ad #144479

७ वैशाख, काठमाण्डौ। रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक भी’ ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागका अनुसार रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको हो ।

विभागका अनुसार रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको एक सूचनामार्फत जनाएको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

केही दिन अघि भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । यता नेपालमा पनि संक्रमितको संख्या तिव्र गतिमा बढेसँगै नेपालले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको बताइएको छ।