१७ चैत्र, काठमाण्डौ। त्रिभुवन विश्वविद्यालयले चैत्र २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन्। प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो।
आजदेखि चैत्र २० गतेसम्म पठनपाठन रोकिए पनि पूर्वनिर्धारित कार्यतालिका अनुसार परीक्षा भने सञ्चालन हुनेछ।
सूचना:













