चीनबाट कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाण्डौ आइपुग्यो

१६ चैत्र, काठमाण्डौ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप सोमबार बिहान काठमाण्डौ आइपुगेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाण्डौ ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।

नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

[sidebar name="button post"]