काठमाडौँ । अब अनलाइन तथा सामाजिक सञ्जालहरूका माध्यमबाट औषधि बिक्री/वितरण गर्न नपाइने भएको छ । औषधि व्यवस्था विभागले सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री/वितरण तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिएको छ । अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

[sidebar name="button post"]









