९ चैत्र, काठमाण्डौ। नेपाललाई चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप एक साताभित्र नेपाल आउन लागेको हो ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाका अनुसार खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।
चीनले नेपाललाई पटक पटक गरी ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको थिएन ।
[sidebar name="button post"]











