आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

५ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ।

मन्त्रालयका अनुसार बिहीबार५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ। हाल देशभर एक हजार जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ।

[sidebar name="button post"]