Ad #144479

१ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ।

आइतबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको चौबीस घण्टामा २ हजार ६ सय १५ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।

काठमाण्डौ उपत्यकामा थप १६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाण्डौका १३, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।