Ad #144479

२८ फागुन, काठमाण्डौ। नेपालसँग कोरोनाविरुद्ध खोप खरिद सम्झौंता गरेको भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले सम्झौता अनुसार नेपाललाई बाँकी खोप तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ। सेरमले स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई दिन बाकी खोप तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको हो ।

कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्कता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न अथवा ढुवानी पछि सार्न चाहेको सेरमले विभागलाई लेखको पत्रमा उल्लेख गरिएको छ ।

खरिद समझौता अनुसार खोप आपूर्ति नभए जारी खोप अभियान प्रभावित हुने भन्दै विभागका अधिकारीहरुले सेरमको पत्रचार प्रति चिन्ता ब्याक्त गर्दै समयमा पुरा डोज खोप उपलब्ध गराउन हुन आग्रह गरेका ‍ छन् । सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद समझौता गरेको थियो। त्यसमध्ये १० लाख खोप समझौता भएको एकसाता भित्रै बाकी १० लाख तत्काल उपलब्ध गराउन नसक्ने सेरमले जानकारी गराएको हो ।

भारतले सेरमद्वारा उत्पादित १० लाख डोज खोप अनुदानमा माघ पहिलो साता उपलब्ध गराएपछि नेपालले खोप अभियान सुरु गरेको थियो।