Ad #144479

२७ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ।

बिहीबार ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ।