प्रविणराज चालिसे
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्री एउटा यस्त पर्व हो, जहाँ दिनको भन्दा पनि रातको ज्यादा महत्व रहेको छ। यो रात बर्ष भरिकै सबै भन्दा अन्धकार रात्रीका रूपमा मानिन्छ । आजको दिन हिन्दु धर्मावलम्बिहरू, विभिन्न शिवालयहरूमा, शिवको मन्दिरमा गई पूजा आराधाना गर्ने, भजन कृतन गरी व्रत बसेर मनाउने चलन रहेको छ।
को हुन् भगवान शिव ?
भगवान शिव को हुन, भनेर व्याख्या गर्न सम्भव छैन र प्रयास पनि मुर्खता हो। तैपनि शिवरात्रीको बारेमा जान्नको लागि शिवको बारेमा जान्न जरूरी छ। शिव हिन्दुहरूको तीन महत्वपुर्ण देव मध्य एक हुनुहुन्छ। हिन्दुहरूको तीन देवहरूलाई तीन कामबाट चिनिन्छ।पहिलो ब्रम्मा ब्रम्हाण्डको सृष्टि कर्ता, भगवान विष्णु पालनकर्ता र भगवान महेश्वर संहारकर्ताको रूपमा बुझिन्छ।
शिवलाई आदीयोगिको रूप पनि भनिन्छ। किनकि योगको सुरूवात कर्ता उहाँलाई नै मानिन्छ। पशुपतिशिवकै एक ज्योतिलिङ्गको रूपमा मानिन्छ र नेपालीहरूको आराध्य देव पशुपतिनाथनै हुनुहुन्छ। शिवले सबैलाई शरण दिने कुरा पुराणहरूमा हामीले पढेका छौँ, सुनेका छौँ । शिवलाई भुत प्रेत, पिचासहरूको नायकको रूपमा लिइन्छ । शिवलाई मानवलाई मोक्ष प्रदान गर्ने देवका रूपमा पनि चिनिन्छ।
शिवरात्री किन मनाउने ?
प्रत्येक कृष्ण पक्षको चन्द्रमासको चौधौं दिन वा अमावस्याको अघिल्लो दिन शिवरात्रि भनेर चिनिन्छ। पात्रोमा वर्षमा हुने बाह्र शिवरात्रिहरु मध्ये, फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशीको रातलाई नै महाशिवरात्रि भनिन्छ। जसको आध्यात्मिक महत्वको रहेको छ र यस परम्परालाई हामीले एक निश्चित चाड स्थापना गर्यौं । ओम धौभडेलका अनुसार, भगवान शिव भुत प्रेत, पिचास, भ्रिङ्गीको पुजनीय देवको रूपमा चिनिन्छ।
त्यसैगरी हिन्दु पात्रोको अनुसार भुत, प्रेत, पिचासहरू, कृष्ण पक्षको चतुर्दशी तिथिका रातमा ज्यादा प्रभावकारी हुने गरेको र महादेव शिवरात्रिको रातमा स्वयम भुत प्रेत, पिचास सहित बाहिर निस्कने गरेको हुँदा यो रात महत्वपुर्ण रहेको उहाँ बताउनु हुन्छ। यो दिन शिवालयहरूमा गई शिवको पुजा गरेमा वा शिवको ब्रत बसेमा मोक्ष मिल्ने जनविश्वास रहिआएको धौभडेल बताउनु हुन्छ।
हिन्दु धर्ममा शिवरात्रिको महत्व
भगवान शिवका लाखौं भक्तहरूका लागि महाशिवरात्रिको पर्व सबैभन्दा महत्वपूर्ण पर्व हो। हिन्दु पौराणिक कथामा यस चाडलाई धेरै महत्त्व दिइन्छ। शिवरात्रिको शुभ दिन भगवान शिवको साँचो उपासना गर्ने भक्त पापमुक्त हुन्छन् र मोक्ष प्राप्त गर्दछन् भन्ने पनि विश्वास रहिआएको छ ।
पवित्र धर्मशास्त्रका अनुसार फाल्गुनमा पर्ने शिवरात्रि चाडमा भगवान शिवको अनुष्ठानले भगवान शिवलाई सबैभन्दा प्रसन्न तुल्याउँछ। यो तथ्य भगवान शिवले आफैंले घोषणा गर्नुभएको भन्ने चलन रहिआएको छ। पार्वतीले उनका भक्तहरूले गरेको कुन रिति उहाँलाई सबैभन्दा बढी प्रसन्न तुल्याउँछ भनेर सोध्दा, फाल्गुन कृष्ण पक्षको चतुर्दशीको रातमा गरेको मेरो अनुष्ठानले ज्यादा प्रसन्न रहेको बताउनु भएको छ। जस कारण आजसम्म पनि, भगवान शिव भक्तहरू ध्यान र भक्तिसंग शिवरात्रिको अनुष्ठान पूजा गर्दछन।
भक्तजनहरुले यस दिन छिटो उठेर स्नान गरी शिव लिंगलाई मह, दूध, पानी इत्यादि संग पवित्र स्नान गर्छन्। यस दिन भगवान शिवको पूजा भक्ति, ईमानदारीसाथ गरेमा विगतमा गरेका पापहरू नास भई शिव भक्तहरू भगवान शंकरको बासस्थानमा पुग्छन् र खुशीसँग बस्छन् भन्ने मान्यता छ । साथै जन्म र मृत्युको चक्रबाट पनि स्वतन्त्र हुन्छ र मोक्ष वा मोक्ष प्राप्त गर्दछ।
महिलाको लागि शिवरात्रिको महत्व
महिलाहरूले महाशिवरात्रि महोत्सवलाई अत्यन्त महत्वपूर्ण चाड मानिन्छ। विवाहित र अविवाहित महिलाहरूले पूजा बिधि र व्रतको पालना गर्छन्। देवी पार्वतीलाई प्रशान् तुल्याउन इमान्दारीका साथ शिव पूजा गर्दछन् जसलाई “गौर” पनि मानिन्छ – जसले वैवाहिक आनंद र लामो र समृद्ध विवाहित जीवन प्रदान गर्दछ। अविवाहित महिलाले पनि भगवान शिव जस्तो पतिको लागि प्रार्थना गर्दछन् जसलाई आदर्श पति मानिन्छ।
महाशिवरात्रिको आध्यात्मिक महत्व
किंवदन्तीहरू बाहेक, यो दिन र रात योगीक परम्पराको लागि महत्वपुर्ण मानिन्छ। यो अध्यात्मिक्ता खोजको लागि महत्व छ। महाशिवरात्रिको रात एक व्यक्तिलाई यो अनुभव गर्नको लागि एक अवसर प्रदान गर्दछ। जुन कुरा विज्ञानको मद्दतले पाउन सकिंदैन। त्यो कुरा योगको माध्यमबाट बुझ्न सकिने कुरा अध्यात्ममा लागेका योगीहरू बताउँछन् ।
किंवदन्ती
ओम धौभडेलका अनुसार कुनै एक समयमा मिसाच नाम गरेको राक्षस थियो। उसले मानिसहरुलाई मार्ने, जिवहरूलाई दुख दिने, वरपरका मानिसहरू उक्त राक्षसका कारण दुःखी थिए । ऊ समस्त पापबाट ग्रस्त थियो। एक दिन त्यो राक्षस यात्राको क्रममा रातभयो, राक्षस जङगलमा बास बस्नु पर्ने भयो उसले एउटा रूखमा वस्ने निर्णय गर्यो। उसले विस्तारै रूखको पात टिप्दै खसाल्न थाल्यो, संयोगले त्यो दिन महाशिवरात्री थियो र उसले खसालेको पात, बेलपत्र थियो र ऊ बसेको रूखमुनी शिवलिङ्ग थियो।
यसरी अन्जानमै उसले शिवलाई उसले बेलपत्र चढाएको हुनाले उसको समस्त पाप पखाल्लियो र उसले कैलाश प्राप्त गरेको किंवदन्तीछ । त्यसैले यो महाशिवरात्रीको दिनमा मानिसहरुले सकेजति शिवको पूजा गर्ने चनल छ ताकि आफु पनि यो जन्म मरणको जीवन चक्रबाट मुक्ति मिलोस्।












