२६ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा ३४८८ मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएका छन्। यससंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ।












