२५ फागुन, काठमाण्डौ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुसाई नियुक्त गरेको हो । ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागमा थिए ।
अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो। ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र बिदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन्। ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।









