आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

२२ फागुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ।

शनिबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ८२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ८१७ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

[sidebar name="button post"]