Ad #144479

१९ फागुन, काठमाण्डौ। देशभर मौसम सामान्यतया सफा छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन्। दिउँसो पहाडी भू–भागमा स्थानीय वायुको प्रभावले आंशिक बदली भइ र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।