Ad #144479

१८ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ।

देशभर हालसम्म ९७४ सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ४ हजार १ सय २७ पीसीआर परीक्षण भएको छ। २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।

त्यस्तै २४ घन्टामा काठमाण्डौ उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।