१६ फागुन, काठमाण्डौ। पछिल्लो समय नेपालमा २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ।
देशभर हालसम्म ९६२ सक्रिय संक्रमित रहेका छन्।गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ।












