विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने

१२ फागुन, काठमाण्डौ। चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुनेछ।

अहिले विमानस्थल बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको छ । अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुनेछ । कोरोना महामारीका कारण अहिले अपेक्षा गरेजति उडान-अवतरण नभएपछि उडान अवधि घटाएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताएका छन् । कोरोना भाइरसको महामारीपछि खुलेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान अहिले अपेक्षा गरेजति छैन् ।

काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान-अवतरण भइरहेका छन् । यसमध्ये १५ उडान अन्तर्राष्ट्रियतर्फ छन् । १ सय १५ हाराहारी आन्तरिक उडान छन् ।

[sidebar name="button post"]