१२ फागुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ ।
यस्तै थप ७१ जना निको भएसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार एक सय ३९ पुगेको छ । हाल नेपालमा १५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप एक जनाको काेराेनाबाट ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण दुई हजार ६६ जनाले ज्यान गुमाएका छन् ।
[sidebar name="button post"]











