पशुपतिनाथ मन्दिरको शिवलिंगको तल्लो भागमा सुनको जलहरी स्थापना गरिएको छ।
९० करोड रुपैयाँ लागतमा १ सय ४ किलो सुन र चार किलो चाँदी तथा तामामिश्रित जलहरीका प्रयोग गरिएको छ ।
कर्नाटका र नेपालका पण्डितहरुबाट क्षमापूजाका साथ समग्र निर्माण प्रक्रिया पूरा भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान १० बजे विशेष पूजाका साथ नयाँ जलहरी स्थापना विधिवत पूरा गर्ने पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको छ।
[sidebar name="button post"]











