मेलम्ची खानेपानीको सुरुङमा पानी हालेर परीक्षण शुभारम्‍भ

१० फागुन, काठमाण्डौ । बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाउने कार्यको सुरु भएको छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण शुभारम्‍भ गरेको हो ।

खानेपानी मन्त्री मणि थापा र शहरी विकास मन्त्री रामबीर मानन्धरले सोमबार संयुक्त रूपमा स्वीच थिचेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।

साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण थालिएको हो।

[sidebar name="button post"]