९ फागुन, काठमाण्डौ। भारतबाट १० लाख डोज कोरोना खोप काठमाण्डौ आइपुगेको छ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप आइतबार दिउँसो एयर इन्डियाको विमानबाट ‘कोभिशिल्ड’ खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
एयर इन्डियाको विमानबाटमार्फत १ः५९ मा विमानस्थलमा अवतरण भएको हो । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।
सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको छ । बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।












