दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप सोमबारसम्म लगाइने

८ फागुन, काठमाण्डौ। पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ । आजसम्म मात्र खोप लगाइएकाले थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिनुभयो ।

दोस्रो चरणमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् । उहाँका अनुसार अहिले तीन लाख ८४ हजार जनाले खोप लगाइसकेको छन् ।

[sidebar name="button post"]