आज दिउँसोदेखि मौसम सफा हुँदै जाने

८ फागुन, काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम खुल्दै जाने जनाएको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो । अहिले देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

[sidebar name="button post"]