आज अपराह्नपछि हल्का वर्षा हुने सम्भावना

अहिले बिहानपख काठमाडौं उपत्यकामा घाम लागे पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ।

तर तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन । प्रि-मनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको थियो ।

मार्च, अपि्रल र मे महिनालाई पि्र-मनसुन अवधि मानिन्छ ।

[sidebar name="button post"]