आजको तपाईंको राशिफल
आज मिति वि.सं. २०७७ साल फाल्गुन ०३ गते । सोमबार । इ.स.२०२१ फेब्रुवरी १५ तारिक । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष ।आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेटमा,सूर्यास्त १७ बजेर ५३ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
आर्थिक अवस्था उकास्न गरिने क्रियाकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैंया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धि मुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चाँसो रहेपनि गलत व्यत्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायी रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अबिश्वास गरेपनि अन्तत बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
लामो दुरिको रमाईलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथिसँग आत्मियताको कमी हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारी व्यवसायमा अबिश्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसायमा लगानि नगर्नु नै राम्रो रहेकोछ । पढाइ लेखाइमा थोरै बढी समय खर्चिय भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिलाशी वस्तुको प्रयोग गर्न पाईने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
कुनैपनि प्रतिस्पर्धामा तपाईंको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
उद्योग तथा उत्पादन मुलक व्यवसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाँफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
विगतका निर्णयले काम बिग्रन सक्छ भने बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पतिको व्यापारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । पढाइमा मन नजाँदा अरुभन्दा पछी परिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी विछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











