साझाले भन्यो, कोभिड-१९ खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता देऊ

२ फागुन, काठमाडौं । विवेकशील साझा पार्टी कोभिड १९ खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन आग्रह गरेको छ । कोभिड-१९ विरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकहरूमाथि गरेको उपेक्षाप्रति साझा ज्येष्ठ नागरिक संगठन गम्भीर खेद तथा आपत्ति व्यक्त गर्दछ।

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दुस्खद र दुर्भाग्यपूर्ण छ।

विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको छ।

अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठन सरकारसँग जोडदार माग गरेको साझा ज्येष्ठ नागरिक संगठनले माग गरेको जनाएको छ ।

[sidebar name="button post"]