२८ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाे महाशाखाले जनाएकाे हाे ।
महाशाखाकाे बुधबारकाे माैसमी बुलेटिन अनुसार अन्य बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हट्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । तराईका केही भागमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २८ गते (बुधबार)
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती: बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
माघ २९ गते (बिहिबार)
दिउँसो : पहाडी भुभागमा आँशिक बदली रही वाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ ।
माघ ३० गते (शुक्रबार)
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।












