सुनको मूल्य आज एकै दिन १५ सय रुपैयाँ बढ्यो

२७ माघ, काठमाण्डाै। नेपाली बजारमा सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेको छ ।

सोमबार तोलामा ९० हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ४० रुपैयाँ पुगेको छ ।

[sidebar name="button post"]