Ad #144479

२५ माघ, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदीबन्दी रहेको जनाएको छ । आइतबार एक तथ्यांक सार्वजनिक गर्दै विदेश मन्त्रालयले १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका जनाएको हो ।

भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलमा १५९९ भारतीय कैदीहरु रहेका छन् । त्यसैगरी युएई, वेलायत, कतार, मलेसिया इटलीलगायतका मुलुकमा धेरै भारतीय कैदी बन्दी रहेका छन् ।