२१ माघ, काठमाण्डौ। ट्राफिक नियम उल्लङ्घन गरे अब इसेवाबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । केहि समय अघि मात्र इसेवामा आन्तरिक राजस्व कार्यालयकाे अनलाइन भुक्तानीसेवा सुरु भएको थियो ।
सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो ।
महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।
इसेवाबाट कसरी जरिमाना रकम भुक्तान गर्ने ?
१) सुरुमा इसेवा एप खाेली ट्राफिककाे लाेगाेमा थिच्नुहाेस् ।

२) चिट नम्बर र जरीवाना तिर्न खोज्नुभएकाे आर्थिक वर्ष भरी “Proceed” मा थिच्नुहाेस्।

३) देखाइएकाे विवरण सबै ठिक छ भनी यकिन गरी “Proceed” मा थिच्नुहाेस्।

४) पुनः एक पटक विवरण सहि छ कि छैन यकिन गरी “Confirm” मा थिच्नुहाेस् र MPIN/Fingerprint दाखिला गरी भुक्तानी प्रक्रिया पुरा गर्नुहाेस् ।













