सुनको भाउ ६ सय रुपैयाँले घट्यो, तोलाको कति ?

२१ माघ, काठमाण्डाै। नेपाली बजारमा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँमा झरेको महासंगमहासंघले जनाएकाे छ ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

[sidebar name="button post"]