Ad #144479

१७ माघ, काठमाण्डौ। नेपालमा १४ माघमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोप अभियानको शुभारम्भ गर्दै तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बाचा फेर्नुभाएको छ। भारतले खोप अभियान सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताउनु थियो ।

तर सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशत -बालबालिका बाहेक)लाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए । साथै भारतले अनुमादानमा दिएको १० लाख बाहेक बाहेक थप खोप आउने सुनिश्चित समेत भएको छैन ।

चितवनमा आयोजित आज भएकोआमसभामा प्रधानमन्त्री ओलीले खोपबारे बोली फेर्नुभाएको छ । अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने बताउनु भयो। त्यसपछि क्रमश बाँकी जनतालाई २०२१ भित्र खोप लगाएर कोभिड-१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिइएको उहाँले बताउनु भयो ।