१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४१ जनाको पीसीआर परीक्षण हुँदा २३२ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आज थपिएका संक्रमितमध्ये १०९ जना काठमाडौं उपत्यकाका रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३८६ जना कोरोना मुक्त भएका छन् ।
यसैगरी २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९९४ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको रहेको छ ।
[sidebar name="button post"]











