९ माघ, काठमाडौं । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको करिव दुई साताको प्रभाव हटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि उल्लेख्य मौसमी प्रणाली छैन ।
अहिले पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । आज पनि तराईका केही स्थानमा बाक्लो हुस्सु लागेको छ । आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ९ गते (शुक्रबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने संभावना देखिन्छ ।
राती : सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती , गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १० गते (शनिबार)
दिउँसो : सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का बर्षाको सम्भावना छ ।
राती : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ११ गते (आइतबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।









