आज मिति वि.सं.२०७७ साल माघ ०३ गते शनिबार, कस्तो छ तपाईंको राशिफल ?

आजको तपाईंको राशिफल

आज मिति वि.सं. २०७७ साल माघ ०३ गते । शनिबार । इ.स.२०२१ जनवरी १६ तारिक । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर ३० मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइने छ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिने छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । ईर्ष्या गर्नेहरू आफैं किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिने छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पती तथा सरकारी सम्पतीको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न हुनेछ ।राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

नयाँ काममा हात हाल्ने समय रहेपनि उपलब्धी भने ढिला मात्र प्राप्त हुनेछ । लामो दुरिको यात्राको सम्भावना रहेपनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाइ लेखाइमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेको छ । अरुकै काममा समय जाने हुनाले आफ्नो काम थाति रहनेछ । अध्यात्म तथा धार्मिक क्षेत्र समय खर्चिए केही लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनावश्यक ढिला सुस्तीको चपेटामा परिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदि बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

व्यवसाय फस्टाएर जाने छ। व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिने छ। अरुको मन आफुतिर आकर्षित गर्न सकिने छ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिने छ । प्रेममा रमाउन चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

कुनैपनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउने छ । व्यापार व्यवसाय फस्टाएर जाने छ। आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईने छ । बिछोड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

विद्या तथा प्रतिस्पर्धामा सहकर्मिहरुलाई हराई नतिजा आफुतिर ल्याउन निकै नै मेहनेत गर्नुपर्ने छ । आफन्त तथा सन्तानको साथ सहयोग नपाईने हुनाले कामहरु सुस्त गतिमा अगाडी बढ्नेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा समस्या आउने छ। जीवन साथिसँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहने छ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

माया प्रेममा अबिश्वास सिर्जना हुने छ। घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहने छ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढि नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भनेजस्तो नाँफा कमाउन सकिने छ। छोटो तथा रमाईलो व्यवसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउंदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाईं आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउन सकिने छ । अध्ययनमा सुधार भएर जाने छ। अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आँटेको काम बन्ने छ। जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला। समय मध्यम रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले ईज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुने छ भने जीवन साथिसँग अनावश्यक विवाद हुन सक्छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको आजको दिन शुभ रहोस्।

[sidebar name="button post"]