थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

२८ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।