ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट नेपालमा हालसम्म विभिन्न स्थानमा गरि १० जना संक्रमित फेला

काठमाडौं । ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट नेपालमा हालसम्म विभिन्न स्थानमा गरि १० जना संक्रमित फेला परेका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा र नर्भिक अस्पताल, बाँकेको भेरी अस्पताल र वीरगञ्जको नारायणी अस्पतालमा भेटिएको हाे ।

अहिले यसको संक्रमण बढ्दै गएको भन्दैं अस्पतालहरूलाई त्यस्ता खालका बिरामीबारे सचेत रहन उनले आग्रह गरे ।

ब्ल्याक फंगसको लक्षणहरु अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने,दाँत दुख्ने वा हल्लिने रगत बग्ने,रातो हुने वा दुख्ने,नाकको वरिपरिको आँखा र नाक सुन्निने,छालाको रंग कालो हुँदै जाने,बाक्लो सिंगान आउने ,ज्वरो आउने हुन्छ।

भने यसबाट बच्ने उपायहरु पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने,व्यक्तिगत सरसफाईमा ध्यान दिने, नियमित रुपमा हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने,नुनिलो पानीले नाक सफा गर्ने,घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जालको प्रयोग गर्ने, सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने,स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने, मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्न।