आजको मौसम : देशभर कहाँ कस्तो रहन्छ?

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रका कारण प्रदेश १ का केही ठाउँमा बादल लागेको र स्थानीय वायुका कारण अरु केही ठाउँमा सामान्य बादल लागे पनि अहिले देशमा पानी पार्ने उल्लेख्य प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।